ताप्लेजुङ: ताप्लेजुङको फुङ्लिङ ३ सिटेनीका १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको छ ।

हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको अवस्थामा नजिकै रहेको तमोर नदीको किनारमा पौडी खेल्ने क्रममा न्यौपानेको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनको शव २०० मिटर तल नदीको किनारमा फेला परेको थियो । घटनाबारे अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।