इटहरी: २७ औं मदन–आश्रित स्मृति दिवसको अवसर पारेर इटहरी उपमहानगरले वृक्षारोपण गरेको छ ।
आज बिहान इटहरी १७ लविपुर चोक उत्तर वृक्षारोपण गरिएको हो । लविपुर–विसमपुर–अमाहा हुदै तरहरा जोडने सो सडकको दुवै छेउछाउ वृक्षारोपण गर्ने कार्यक्रम छ । संविधानसभाका सदस्यहरु धर्म निरौला,रेवती रमण भण्डारी,नेकपाका केन्द्रीय सदस्य निर्मल वराल, प्रदेशसभा सदस्यहरु सर्वध्वज साँवा, लिलम वस्नेत, इटहरीका मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम,नेकपा प्रदेश सदस्य केशव विष्ट, नेकपा प्रदेश सदस्य चिरञ्जिवि भटटराईलगायतका नेताहरुले आँपका विरुवा रोपेका थिए ।
सामाजिक दुरी कायम गरेर आयोजित कार्यक्रममा उपस्थित भएर वृक्षारोपणमा सहभागी सबैलाई मेयर द्धारिकलाल चौधरीले धन्यवाद ज्ञापन गरेका थिए । इटहरी उपमहानगर वातावरण शाखा प्रमुख चौधरीका अनुसार सो वाटोको दुवै तर्फ आँप, अनार, वेल, एभोगाडोलगायतका विरुवा रोपेर संरक्षण गरिने छ ।