धरान: गृहमन्त्रालयले जिल्लाभित्र पनि चल्न अनुमति दिएको सवारी पास खारेज गरिसकेको छ । त्यसैले हिजोदेखि प्रहरीले सवारीसाधनलाई झन् कडाई गरिरहेको छ ।
अत्यावश्यक सेवाका गाडीहरुले निर्वाध चल्न पाउछन् । तर, अत्यावश्यक बाहेकका अन्य केही सवारीसाधनहरुले पनि चल्न छुट पाउने छन्, ती के के हुन ? कुन आधारमा चल्ने छुट हुन्छ ? जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो साँझ अनुमति पत्र आवश्यक नपर्ने सवारीसाधनहरुबारे सुचना जारी गरेको छ ।
१) एम्बुलेन्स, शववाहन, दमकल ।
२) झन्डावाला सवारी ।
३)कूटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा सङ्घ संस्थाहरू ।
४) सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त संचारकर्मीहरु ।
५)स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरू, औषधी उत्पादक, ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा र अन्य सरकारी कार्यालयका कर्मचारीहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजे देखि ११ बजे सम्म कार्यालय जान र साँझ ५ बजे देखि ६ बजे सम्म निवासमा फर्कनका लागि मात्र आवागमनमा सहजीकरण गर्ने ।
६) खानेपानी मर्मत सम्भार वितरणमा संलग्न जनशक्ति ।(फोटो सहितको परिचयपत्र साथमा हुनुपर्ने)
७)फोहोर मैला व्यवस्थापनमा परिचालित जनशक्ति ।(फोटो सहितको परिचयपत्र साथमा हुनुपर्ने) ।
८) ठुला खाद्य स्टोरमा कार्यरत जनशक्ति (फोटो सहितको परिचयपत्र साथमा हुनुपर्ने)
९) अत्यावश्यक वस्तु तथा सेवा(खाना पकाउने ग्याँस, दूध तथा पानी ढुवानी र वितरण, खाद्यान्न, नुन, तेल, ताजा तरकारी र फलफूल आदि ढुवानी गर्ने मालवाहक सवारी साधनहरू ।
१०) बैङ्क, मनी ट्रान्सफर, सहकारी संस्था, लगायतका वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा तोकिएको ड्रेसमा बिहान ९ः०० बजेदेखि ११ः ०० बजे सम्म कार्यालय जान र साँझ ५ः०० बजेदेखि ६ः०० बजे सम्म निवासमा फर्कनका लागि मात्र सवारी पास विना आवतजावत गर्ने अनुमति दिने ।
११) सङ्घीय संसद् केन्द्रीय माननीय सदस्यहरू (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका माननीय सदस्यहरूलाई परिचयपत्रको आधारमा आवतजावत गर्न सहजीकरण गर्ने ।
१२) विद्युत, टेलिकम र दूरसञ्चार प्रदायक संस्था (एनसेल) र इन्टरनेट मर्मत तथा केवल मर्मत कार्यमा संलग्न कर्मचारीहरू । (फोटो सहितको परिचयपत्र साथमा संलग्न हुनुपर्ने)
१३) जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू, गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूले प्रयोग गर्ने सरकारी नम्बर प्लेटका सवारी साधनहरू ।
१४)पशुपक्षीको दाना अण्डा, कुखुरा र कुखुराको चल्ला लगायतका पंक्षिजन्य सामग्रीहरू ढुवानीमा संलग्न सवारी साधन ।
१५) २०७७ जेठ १ गतेको पत्रद्धारा अत्यावश्यक वस्तु तथा सेवा सञ्चालन, मालसामान ढुवानी, विकास निर्माण सम्बन्धी आयोजना, सार्वजनिक सेवा, औद्योगिक उत्पादन, राजमार्गका होटल तथा रेष्टुरेष्ट र व्यवस्थापकीय कार्य सम्बन्धी कार्यहरु कार्यान्वयनका लागि लेखि पठाइएकोहरुको हकमा सोही पत्रमा उल्लेख भएअनुसार गर्ने गराउने ।
१६) अन्यको हकमा यस कार्यालयबाट मिति २०७७ साल जेष्ठ ३ गतेपछि जारी भएको सवारी पासको आधारमा मात्र आवागमन गर्न दिने ।