विराटनगरः नक्कली अन्तशुल्कको स्टिकर टाँसेर मदिरा बिक्रि गरिरहेका एक युवालाई विराटनगर ११ बाट प्रहरीले पक्राउ गरेको छ । बेच्न तयारी अवस्थामा रहेका ११ नामका ५ सय ३० बोटल मदिरासहित विराटनगर ६ का मदिरा व्यवसायी श्रवण मुखियालाई पहरीले पक्राउ गरेको हो । मुखियाले आफ्नो पसलमा अवैध मदिरा बनाएर बेच्ने गरेका थिए । उनले राजस्व कार्यलयको नक्कली स्टिकर समेत प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार सो कार्यमा ति युवा एक वर्ष देखि नै संलग्न रहेको खुलेको छ । बजारमा उत्पादन बन्द भइसकेका मदिरासमेत भेटिन थालेपछि विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
राजस्वको अन्तशुल्कको स्टिकर समेत देखिएको हुँदा बरामत मदिरा राजस्व कार्यलय विराटनगरमा बुझाइएको छ भने पक्राउ युवकलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ ।