धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्ड पुनः सुचारु भएको छ ।

हिजो जिल्ला अस्पताल धनकुटाका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएकी एक गर्भवती महिला भर्ना भएको खुलेपछि रातीदेखि नै गाइनो वार्ड दोस्रो पटक सिल गरिएको थियो । ती गर्भवती महिलाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आज दिउँसो ४ बजेदेखि सेवा सुचारु गरिएको प्रसुती विभाग प्रमुख प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी दिए । ‘पिसिआर जाँचको रिपोर्ट नेगेटिभ आएपछि दिउँसो ४ बजेदेखि नै गाइनो वार्डमा सेवा सुचारु भइसकेको छ,’डा.रेग्मीले भने ।