धरान: एक नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका समाजवादी युवा संघका प्रदेश १ अध्यक्ष श्री सुब्बालाई ७ दिनको म्याद थप भएको छ ।
आज सुनसरी जिल्ला अदालतले सुब्बालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । एक ८ बर्षी नाबालिकालाई बलात्कार गरेको उजुरी परेपछि सुब्बालाई प्रहरीले हिजो पक्राउ गरेको थियो । ‘पहिलो पटकलाई आज सम्मानित अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने गरी अनुमति पाएका छौं,’डिएसपी ढुण्डीराज न्यौपानेले भने ।
सुब्बाले एक नाबालिकालाई बलात्कार गरेको उजुरी जेठ ५ गते प्रहरीमा परेको थियो । त्यसपछि फरार भएको भनिएका सुब्बालाई हिजो धरान १३ स्थित कोशी राजमार्गमा सारंगातर्फ पैदल हिड्दै गरेको अवस्थमा प्रहरीले पक्राउ गरेको थियो । नाबालिकालाई पैसा दिएर करणी गरेको उजुरी प्रहरीमा परेको छ ।