धरान: नेपालमा नयाँ ३२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

योसँगै संक्रमितहरुको संख्या नेपालमा ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तीमार्फत कपिलवस्तु, सर्लाही, बारा, काठमाण्डौं,रुपेन्देही र चितवनमा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ७ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, सर्लाहीको गोडैता, कविलासी नगरपालिकामा १३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ भने बारामा एक महिला, काठमाण्डौंमा एक पुरुष, रुपन्देहीमा ८ जना र चितवनमा १ जना संक्रमण पुष्टि भएको छ । press1