धरानः धरान उपमहानगरपालिकाले बितरण गर्न लागेको तेस्रो चरणको राहतमा धरान ११ सिदिङ्बा चोकका भुपु बृटिश आर्मी एवं स्थानीय समाजसेवीहरुले पनि सहयोग गरेका छन् ।
उनीहरुले वडा नम्बर ११ को फुड बैंकमा ९ सय केजी चामल सहयोग गरेका छन् । पुर्व ब्रिटिश आर्मीहरु मदन राई, गणेश बहादुर मेन्याङ्बो, बिष्णु सुब्बा, प्रतापजंग राई, राज कुमार राई, दलबहादुर राई, सेरजंग राई र स्थानीय समाजसेवी तोयानाथ न्यौपाने लगायतले सहयोग गरेका हुन । धरान ११ मा अन्य वडा भन्दा बढिनै बिपन्न ब्यक्तीहरु भएकोले यसरी बिभिन्न दाताहरुबाट प्रदान गरिने स्वेच्छिक सहयोग वडाको लक्षित बर्ग सम्म राहत पुर्याइने वडा अध्यक्ष बाबुलाल लामाले बताए ।