धरान: मुस्लिम समुदायको पर्व ईदुल फित्रको अवसरमा आज दिइएको विदा सरकारले सच्याएको छ ।

गृहमन्त्रालयले सुचना जारी गर्दै आज आइतबारको सट्टा सोमबार सार्वजनिक विदा कायम गरिएको जनाएको छ । सरकारले ईदको अवसरमा आज सार्वजनिक विदा दिएको थियो । तर, दक्षिण एसियाबाट हिजो चन्द्रमा नदेखिएको कारण मुस्लिम समुदायले उक्त पर्व भोली मनाउने निर्णय भई मुस्लिम आयोगबाट उक्त दिन सार्वजनिक विदा दिन अनुरोध भएपछि सरकारले पनि विदा सच्याएको हो ।

इदको विदा सच्चिएर आजको विदा रद्द भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आज आफ्नो सेवा सुचारु हुने जानकारी गराएको छ । प्रतिष्ठानको अनुसार आज सेवा सुचारु हुने तर भोली सोमबार अन्तरंग, आकस्मिक, फिवर क्लिनिक, हेल्प डेस्कबाहेकका बहिरंग(ओपिडी), प्रशासनिक तथा शैक्षिक कार्यालयहरु बन्द रहने जनाएको छ । ed-bp