ईलाम: ईलामको माङसेबुङ गाउँपालिका १ का १२ बर्षीय सुवी बस्नेतको देउमाई खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
हिजो सोमवार दिउँसो १२ बजेको समयमा स्थानीय देउमाई खोलामा पौडी खेल्ने क्रममा अचानक डुबेर बस्नेत घाईते भएका थिए । उनलाई उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ईलाम पठाईएको थियो र तर, उनको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।