धरान: वन क्षेत्र अतिक्रमण गरी धरान २० स्थित कार्कीछाप खाली खोला सामुदायिक वनमा निर्माण भएको टहरालाई सुरक्षाकर्मीसहित वन कार्यालयको टोलीले हटाएको छ भने वालीसमेत नष्ट गरेको छ ।

डिभिजन वन कार्यालय इनरुवा, सामुदायिक वन, प्रहरीसमेतको टोलीले आज दिउँसो टहरा भत्काएको हो भने वालीसमेत नष्ट गरेको हो । वन क्षेत्र अतिक्रमण गरेर बनाएको हटरा हटाउन पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि भत्काउनु परेको वन कार्यालय र समुदायिक वनको भनाई छ । यता, स्थानीयले भने टहरा स्थानान्तरण गर्दै गरेको र दुःखले लगाएको वालीसमेत नष्ट गरेकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले टहरा भत्काए पनि वाली नष्ट गर्न नहुने भन्दै सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

ban-ko-jagga2

वनको टोलीले सरस्वती राई, निमा दोर्जे तामाङ, बुद्धिमान तामाङ र दर्वसिं तामाङले अतिक्रमण गरेको टहरा भत्काएको जनाएको छ । साथै, उनीहरुले लगाएको मकै वाली, केरा खेतीलगायत पनि वनको टोलीले काटेर नष्ट गरिदिएको थियो । स्थानीयहरु टहरा हटाएकोमा भन्दा पनि वाली काटेर नष्ट गरिदिएकोमा असन्तुष्ट छन् । सरस्वती राईले आफुहरुले गाईवस्तुको गोठ मात्र राखेको र हटाउन भनेपछि सामानहरु सारेको बताइन् । मकै वाली नष्ट गरिदिएकोमा भने उनले आक्रोश पोखिन् । ‘यहाँबाट सामानहरु त हटाउदै थियौं, यो वाली चै यसपाली छोडिदिनुस् भनेको थियौं,’उनले भनिन्,‘मलाई यसको क्षतिपूर्ति चाहिन्छ ।’

ban-ko-jagga4

डिभिजन वन कार्यालय इनरुवाका सहायक वन अधिकृत गोपाल दाहालले सामुदायिक वन क्षेत्रभित्र अक्रिमण गरिएको र पटक पटक हट्न सुझाव दिदा पनि अटेर गरेपछि हटाइएको बताए । वन समुहका अध्यक्ष सम्फर तामाङले ४ जनाले अतिक्रमण गरेको र पटक पटक हट्न भनेपनि उहिल्यैदेखि भोगचलन गर्दै आएको भनेर अटेर गरेको बताए । उनले त्यो क्षेत्रमा वृक्षारोपण गरिने पनि बताए ।

banko-jagga3 banko-jagga5 banko-jagga6 banko-jagga7 banko-tahara banko-jagga9 banko-jagga8 banko-tahara1