धरान: धरान १३ की कोरोना संक्रमित महिलाको नजिक सम्पर्कमा आएका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की एक महिलाको नजिक सम्पर्कमा रहेका १५ जनाको पिसिआर जाँचको लागि स्वाबको नमुना संकलन गरिएको थियो । उनीहरुको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा गरिएको थियो । ती सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
मेहताका अनुसार इटहरीका संक्रमित युवा धरानमा मलामी जाने क्रममा नजिक सम्पर्कमा रहेका ३५ जनाको स्वाब परीक्षणमध्ये ५ जना मात्र रिपोर्ट आउन बाँकी छ । अन्य ३० जनाको रिपोर्ट नेगेटिभ आइसकेको पनि मेहताले जानकारी दिए । ‘पाँच जनाको पनि चाडै आउने जानकारी पाएको छुँ,’मेहताले भने ।