इटहरी ः खप्तडी बस्नेत वंश वत्छला कुलपुजा समिति ईटहरी १७ बिसनपुरले इटहरी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
समितिले ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ । समितिले ईटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको थियो । संस्थाका सचिव राजेन्द्र बस्नेतले आफ्नो कुल पुजाको समयमा सबै बस्नेत बन्धुहरुको तर्फबाट सहयोग गरिएको बताए । उपप्रमुख गौतमले महामारीको वेला गरिएको सहयोगको ठूलो महत्व हुने बताउदै धन्यवाद ज्ञापन गरेकी थिइन् ।