धरान: नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
आज बिहीबार एकै दिन १५६ कोरोना भाइरसका संक्रमित थपिएसँगै हजार संख्या नाघेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा कुल संक्रमित संख्या १०४२ पुगेको जानकारी दिए । मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २, दार्चुलामा १, स्याङ्जामा ३, नवलपुरमा १, धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४ जना छन् ।
यस्तै, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १, झापामा २५, सर्लाहीमा ७, सिरहामा ६, रौतहटमा २०, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको पनि उनले बताए । ललितपुर महानगरपालिकाका ५६ बर्षीय पुरुषको पनि मृत्यु भएको डा.देवकोटाले पुष्टि गरे । कलेजोसम्बन्धी रोग भएका ती व्यक्तिको हिजो १४ गते मृत्यु भएको र कोरोना संक्रमण भएको पनि उनले बताए । डा.देवकोटाका अनुसार १८७ जना निको भएका छन्।