धरान: रुकुम पश्चिमको चौरजहारीमा भएको हत्या घटनाका दोषीहरुलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै आज बिहिबार धरानमा प्रर्दशन भएको छ ।

विभिन्न संघसंस्थाहरुले र्यालीसहित धरानमा प्रर्दशन गरेका हुन् । प्रर्दशनमा दलित संघसंस्था, आदिबासी जनजाति, विद्यार्थी तथा राजनीतिककर्मीहरुको पनि सहभागिता रहेको थियो । छाताचोकदेखि शुरु भएको र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित अधिकारकर्मी एवं अगुवाहरुले सम्बोधन गर्दै हत्या घटना दोषीहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका थिए । साथै उनीहरुले मृतकलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन पनि माग गरेका छन् । कोणसभालाई अधिकारकर्मीहरु डिबि साह शंकर, गोविन्द विश्वकर्मा, तारा लामगादेले पनि सम्बोधन गरेका थिए ।

IMG_0539.psd

गएको शनिबार जाजरकोटको भेरी नगरपालिकाका युवा नवराज विक आफ्ना साथीहरुसहित प्रेमिका लिन रुकुम पश्चिम चौरजहारी जादा गाउँलेले खेदाएर कुटपिट गर्दै हत्या गरेको र भेरी नदीमा फालेको बताइएको छ । ज्यान बचाउन भेरीमा पनि केही युवाहरु हाम्फाल्दा ज्यान गुमाएका थिए । अहिलेसम्म ४ जनाको शव फेला परिसकेको छ । कथित माथिल्लो जातकी प्रेमिका भएकोले नवराजको हत्या भएको आरोप छ । यो घटनाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय ५ सदस्यीय समिति गठन गरिसकेको छ भने डेढ दर्जन बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी आज नै विभिन्न संघसंसस्थाहरुले दोषीलाई कडा कारबाही गर्न र मृतकलाई सहिद घोषणा, क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रालयमा पनि ज्ञापन पत्र पठाएका छन् । उनीहरुले इलाका प्रशासन कार्यालय धरानमार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । इलाका प्रशासन कार्यालयको प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै कार्कीले १० मिनेट भित्र गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउने बताउदै छानबिन समिति गठन भइसकेकोले यथार्थ बाहिर चाडै आएर दोषीलाई कारबाही हुने विश्वास व्यक्त गरेका थिए ।

IMG_0544.psd IMG_0543.psd IMG_0542.psd