धरान: आफ्नै १४ बर्षीय छोरीलाई बलात्कार गर्ने धरान १७ का एक व्यक्ति पक्राउ परेका छन् ।
धरान १७ बीचघोपा(सुनौलो मार्ग)का एक व्यक्ति छोरी बलात्कार आरोपमा पक्राउ परेका हुन् । हिजो बिहान आमा घरमा नभएको बेला बलात्कार गरेपछि छोरीले केही साथी र छिमेकीहरुलाई घटनाबारे सुनाएका थिए । छिमेकीमार्फत पीडित बालिका वडा कार्यालयमा पुगेकी थिइन् । वडाका सामाजिक कार्यकर्ताले घटनाबारे सबै जानकारी लिएपछि उनलाई प्रहरीमा पुर्याएका थिए । महिला सेलले पनि घटनाबारे जानकारी लिएपछि पीडित बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि बलात्कारी बाबु पक्राउ परेका हुन् ।
वडा १७ की सामाजिक कार्यकर्ता सुखशान्त राईका अनुसार हिजो दोस्रो पटक छोरीलाई बलात्कार गरेको हो । बिहान साढे ८ बजेतिर भएको घटना पीडितको साथी, छरछिमेकलाई जानकारी गराएपछि मध्याह्न साढे १२ बजेतिर पीडित आफै वडा कार्यालय आइपुगेको उनले बताइन् । आमाको दोस्रो विवाह भएकोले ती व्यक्तीले पीडितलाई आफ्नो छोरी होइन भनेर हेला गर्ने गरेको पनि खुलेको सामाजिक कार्यकर्ता राईले बताइन् । ‘पीडित बालिका फुपुको घरमा बस्दै आएको थियो, गएको कार्तिकमा मात्र जन्म दर्ता गराउन आएका थिए,’उनले भनिन्,‘मलाई बुबाले राम्रो व्यवहार गर्दैनथ्यो भन्यो ।’ डिएसपी ढुण्डीराज न्यौपानेले पीडितकी आमाले दिएको जाहेरी दर्ता भइसकेको बताए ।