धरान: किरात राई यायोक्खा साउदी अरब जेद्दा शाखाद्धारा धनकुटा पाख्रिवासका गणेश कुमार राई उपचार सहयोगार्थ संकलित रकम हस्तान्तरण गरिएको छ ।
किराया जेद्दा क्षेत्रीय कार्यसमितिका सल्लाहकार प्रेम राई र बाल कुमार राईको अगुवाइमा गरिएको अभियान मार्फत संकलन भएको १ लाख ४६ हजार ४२ रुपैया सोमबार धरानमा हस्तान्तरण गरिएको हो । पीडित गणेश कुमार राई ३ महिना अघि रुखबाट लडेर गम्भीर घाइते भएका थिए । उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८० दिन आइसियुमा उनलाई राखिएको थियो । लामो समय आइसियुमा बस्नु पर्ने भएपछि आर्थिक अवस्था कमजोर हुँदै गएकोले किराया साउदी जेद्दा क्षेत्रीय कार्यसमितिले सहयोग संकलन अभियान थालेको थियो । कोरोना भाईरसको संक्रमणकालिन अवस्थामा पनि किराया जेद्दा क्षेत्रीय कार्यसमितले रकम व्यक्तिगत रुपमा संकलन गरेको थियो ।
किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिले धरानमा एक कार्यक्रम गरी सो रकम हस्तान्तरण गरेको थियो । किरात राई यायोक्खा केन्द्रिय सचिव दोर्पध्वज राईको उपस्थिती र किराया सुनसरी जिल्ला कार्यसमितीको मातहतमा सो संकलित रकम हस्तान्तरण गरिएको हो । संकलित रकम विरामी गणेश कुमार राईलार्इ नै हस्तान्तरण गरियो । हस्तान्तरण कार्यक्रममा किराया सुनसरी जिल्ला कार्यसमिती अध्यक्ष बलाराम राई, जिल्ला सचिव राजेन्द्र राई, पत्रकार उपेन्द्र चाम्लिङ्ग को उपस्थिति रहेको थियो ।