धरान: धरान १६ का एक युवाले दाह्री काट्ने ब्लेडले आफ्नै घाँटी रेटेर गम्भीर घाइते भएका छन् ।
सोमबार राती ३० बर्षीय भुवन दाहालले आफ्नै घरमा घाँटी रेटेर आत्महत्याको प्रयास गरेको बताइएको छ । ती युवाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनले किन त्यसो गरे भन्ने खुल्न सकेको छैन । यद्यपी, श्रीमतिसँग सामान्य विवाद भएको भन्ने जानकारी परिवारले दिएको प्रतिष्ठानको आकस्मिक कक्षमा रहेको प्रहरी विटले जनाएको छ । सुत्न भनेर कोठामा गएका उनलाई खाना खान बेलाउन जाँदा परिवारका सदस्यले घाइते अवस्थामा भेटेको बताइएको छ ।