धरान: पुर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी ७ मा कारको ठक्करबाट २ वटा मृगको मृत्यु भएको छ ।

आज बिहिबार दिउँसो करिब साढे ३ बजे पुर्वबाट पश्चिम जादै गरेको प्रदेश-३-०१०२२ च ६८९६ नम्बरको कारको ठक्करबाट २ वटा मृगको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए । उनका अनुसार मृत्यु भएको मृग पोथी थिए । ठक्कर दिएर गएको कारलाई बेलबारीमा प्रहरीले नियन्त्रणमा लिएर सब डिभिजन वन कार्यालय कानेपोखरीमा बुझाइएको पनि उनले बताए ।

डिएसपी गिरीका अनुसार कार चालक विराटनगर महानगरपालिका ४ का प्रमेश पौडेल पनि वनको नियन्त्रणमा रहेका छन् । ठक्कर लागेको मृगलाई पनि वन कार्यालयले मुचुल्का गरेर लगेको डिएसपी गिरीले जानकारी दिए । ‘अहिले राजमार्ग खुला छ, त्यसैले सवारीसाधन स्पिडमा हुन्छ । त्यही बेला जंगली जनावर बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो,’उनले भने,‘वनको क्षेत्राधिकार भएकोले उता नै जिम्मा दिएका छौं ।’