धरान: नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुर्खेतको पञ्चपुरीका २८ बर्षीय युवाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रवक्ता डा.विकास देवकोटाका अनुसार जेठ ८ गते ती युवा भारतबाट नेपाल आएका थिए । उनी स्थानीय क्वारेन्टाइनमा १४ दिन बसेका थिए । उनको आरडिटी परीक्षण गरिएको थियो भने संक्रमणको लक्षण कुनै पनि देखिएको थिएन ।
उनी क्वारेन्टाइनमा १४ दिन बसेपछि २२ गते घर गएका थिए । उनको सोही दिन मृत्यु भएको र पिसिआर जाँच गर्दा पोजेटिभ आएको डा.देवकोटाले बताए । ‘पिसिआर परीक्षणको नतिजा पोजेटिभ आयो । यसरी मृत्यु भएको व्यक्तिमा कोरोना संक्रमण देखिएको विरामी ११ पुगेको छ,’डा.देवकोटाले भने ।