धरान: धरान चौकीबारी समाज हङकङले लकडाउनका कारण समस्यामा परेकाहरुको लागि धरान उपमहानगरपालिका १९ न. वडा कार्यलयलाई आर्थिक सहयोग गरेको छ ।

समाजले शुक्रवारको १९ नम्बर वडाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी नगद ६ लाख २५ हजार रुपैया प्रदान गरेको हो । सहयोग रकम समाजका सचिव सुमन राईले वडाध्यक्ष पुर्ण लिम्वुलाई हस्तान्तरण गरेका थिए । चौकीबारी समाज हाल हङकङमा कार्यरतहरु धरानको वडा १९ का बासिन्दाहरुद्धारा गठित संस्था हो । यो समाजमा अहिले ६० जना सक्रिय सदस्यहरु रहेको समाजका सचिव सुवास राईले जानकारी दिए । संगठनले आफ्नो वडामा मात्र नभएर धरानभरी नै विभिन्न सामाजिक कार्यमा सहकार्य समेत गर्दै आइरहेको सचिव राईले बताए ।

१९ न. वडाले लकडाउनका कारण समस्यामा परेका आफ्नो वडाका ८ सय परिवारलाई छैटौ पटकसम्म राहत वितरण गरिसकेको वडाअध्यक्ष पुर्ण लिम्बुले बताए । यो रकमले करिव ७५० जनालाई थप राहत वितरण गरिने वडाध्यक्ष लिम्वुले जानकारी गराए । वडामा बसोबास रहेको र लकडाउनले समस्यामा परेका शिक्षक, यातायात मजदुर र भाडावाललाई समेत वडाले राहत वितरण गरेको वडा सदस्य राजकुमार राई(तिलक)ले जानकारी दिए । वडा कार्यलयका अनुसार सोमवार सातौ चरणको राहत वितरण गरिनेछ । कार्यक्रममा वडा सदस्य मेघनाथ राई, जयन्ता लिम्वु र चन्द्रमाया विक समेतको उपस्थिति रहेको थियो ।