धरान: धरानमा किराना पसलबाट ग्याँस सिलिण्डर चोरी गर्ने एक जना पक्राउ परेका छन् ।
हिजो राती करिब अढाई बजे धरान १७ स्थित श्रीप्रसाद राईको किराना पसलबाट ग्याँस चोरी गर्ने एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान ९ का २३ बर्षीय पवन तामाङ रहेको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई आज जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थपसमेत भइसकेको छ ।
उनी यसअघि २०७४ माघ २३ गते लागुऔषधसहित पक्राउ परेका थिए । त्यो बेला उनी धरान ८ कोशी राजमार्गबाट लागुऔषधसहित पक्राउ परेर मुद्दा दर्ता भएको र अदालतबाट धरौटीमा छुटेको पनि प्रहरीले जनाएको छ ।