धरान: कतारमा रहेका धरानेहरुले धरान उपमहानगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।

धराने आउट अफ धरान, कतारले कोभिड १९ को महामारीबाट समस्यामा परेका विपन्न परिवारहरुलाई राहतको लागि आर्थिक सहयोग गरेको हो । संस्थाले आइतबार ६१ हजार नगद उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेको छ । नगद हस्तान्तरण कार्यक्रममा उपमेयर मञ्जु भण्डारी सुवेदीको पनि उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष अरुणकमार केसीले मेयर राईले नगद हस्तान्तरण गरेका थिए । लकडाउनले दैनिकरुपमा ज्यालादारी गरेर गुजारा परिवारलाई समस्या बनाएकोले उनीहरुलाई राहत पुर्याउनको लागि सहयोग गरिएको केसीले बताए । मेयर तिलक राईले कतारका सहयोगीहरुलाई धन्यवाद दिदै राहतसँगै कोषबाट उपचारमा पनि खर्च गरिने बताए । ‘कतारमा रहनुभएका सम्पुर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छुँ, यो रकम राहतसँग सँगै उपचारमा पनि खर्च गछौं,’मेयर राईले भने ।donation