धरान: राष्ट्रिय युवा संघ धरानले नेकपा धरान उपमहानगर कमिटिको सहकार्यमा लकडाउनका कारण समस्यामा परेका युवाहरुको परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

युवा संघका सदस्य जन्जु श्रेष्ठ (साइमान)को संयोजनमा सोमवार ५६ घर परिवारलाई राहत प्रदान गरिएको थियो । राहत स्वरुप उनीहरुलाई १५ केजी चामल, १ केजी दाल र एक पोका तेल प्रदान गरिएको हो । राहत सामग्री जुटाउनका लागि युवा नेता दिपक बनेपाली, नेपाल यातानयात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य ल्क्ष्मी बाँनिया, नगर अध्यक्ष कमल भट्टराई, भवन निर्माण व्यवसायी संघ धरानका अध्यक्ष नारायण लिम्बु, खान मेडिकलका गुजाइत खान, युवा नेताहरु दिवस राई, रतन लिम्बु, बह्मज्ञ भट्टराई, कुमार भारती लगायतले सहयोग गरेको संयोजक श्रेष्ठले वताए । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य पदम इस्वो लिम्वु, धरान उपमहानगर कमिटी अध्यक्ष नारायण सुवेदी, सचिवालय सदस्य पारस काम्वाङ राई र सचिवालय सदस्य राजमनि निरौलाको सहितको उपस्थिति रहेको थियो ।