इटहरी: इटहरीको मुख्य चोक नजिक रहेको ट्याङ्ग्रा खोला पहिले जस्तो छैन । तीन दिनको निरन्तर सफाइले मुहार फेरेको ट्याङ्ग्रा साँच्चै मनमोहक देखिएको छ ।
इटहरीको प्रमुख पर्यटकीय गन्तब्य तालतलैया यो खोलाको शिर भए पनि बजारको बीच बस्तीबाट बग्ने खोलामा फोहोरको डङ्गुर थुप्रने गर्थ्यो । जल पर्यटनको सम्भावना भएको ठाउँको रुपमा नगरले पहिचान गरेको ट्याङ्ग्रालाई तीन दिन लगाएर सफाइ गरिएको इटहरी ६ की सदस्य भद्रा थापा मगरले जानकारी दिइन् ।