ईटहरी: ईटहरी उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेटमा युवाहरुलाई लक्षित योजना समेट्न माग गरिएको छ ।

ईटहरीका युवा उद्यमीहरुले बजेट निर्माणको क्रममा रहेको इटहरीका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतामलाई भेटेर यस्तो माग गरेका हुन् । युवा उद्यमी मञ्चका केन्द्रीय सदस्य सुदीप घिमिरेको नेतृत्वमा युवा उद्यमीहरु मेयर चौधरीलाई भेट्न गएका थिए । युवा उद्यमीहरुले उपमहानगरले वजेटमा समेटनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । उनीहरुले युवालाई उद्यमी बनाउने वुटम्याक्स तालिम, महिला उद्यमी सम्मेलन र बजेटमा युवा उद्यमी लक्षित योजना समावेश गर्न माग गरेका छन् ।

इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले युवा उद्यमीहरुका मागप्रति उपमहानगर सकारात्मक रहेको बताउदै युवा उद्यमीहरुलाई धन्यवादसमेत दिए । उपमेयर लक्ष्मी गौतमले उपमहानगर युवा उद्यमीसँग मिलेर काम गर्न तयार रहेको बताइन् । छलफल कार्यक्रममा युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष विनोद पौडेल, कुमुद निरौला, किरण पराजुली, सिनेट रिजाल, राजिव घिमिरे, जिसुन चापागाई, जर्मन पौडेल, राकेश श्रेष्ठ, मिसन पराजुली र गौरव सोनी लगायत सहभागी थिए ।