ईटहरी: इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।

गाईपालन जोनका रुपमा निर्धारित १, २ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गरेका हुन् । यसअघि नै अन्य दुई वडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृर्षिमा आत्मनिर्भर बनाउने अभियान अन्र्तगत कोरली गाई वितरण गरिएको प्रमुख चौधरीले बताए ।

कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक बनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर बनाउने उपमेयर गौतमले बताइन् । विपन्न कृषकले कोरली गाई पाएपछि खुशी ब्यक्त गरेका छन् । इटहरी २ की यशोदा दाहालले भनिन्,“किन्न सक्ने अवस्था थिएन,ण् उपमहानगरले कोरली गाई प्रदान गर्यो, उपमहानगरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।” इटहरी २ की अनिल कुमारी राईले उपमहानगरले प्रदान गरेको गाईपालन गरेर आर्यआर्जन गर्न सकिने आशा पलाएको बताइन् ।