धरान: लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सा नेपालको संसदबाट आज पारित भएको खुशीयालीमा धरानमा दिपावली गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आह्वानमा आज साँझ भानुचोकमा दिपावली गरिएको हो । दिपावली कार्यक्रममा पार्टीका नेताहरुसँगै नगरबासीहरुको पनि सहभागिता रहेको थियो । बसपार्क क्षेत्रमा राष्ट्रिय झण्डा र नयाँ नक्सा बनाएर दिप प्रज्वलन गरिएको थियो भने आतिसबाजी पनि गरिएको थियो । दिप प्रज्वलन कार्यक्रममा विभिन्न नेताहरुले सम्बोधन पनि गरेका थिए ।

भारतले नेपाली भुमी कालापानीमा आफ्नो सेना राखेको छ भने लिपुलेक हुदै चीनको मानसरोवर पुग्ने सडक खनेर उद्घाटन पनि गरिसकेको छ । त्यो सडक नेपाली भुमी हुदै भारतले खनेको हो । यो सार्वजनिक भएपछि नेपालमा भारत विरुद्ध प्रर्दशनहरु भइरहेको छ ।आज शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको थियो ।

IMG_1250.psd

बैठकमा उपस्थित २५८ सांसद सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएपछि दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए । सरकारले यसअघि जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

IMG_1266.psd

IMG_1198.psd (1) IMG_1272.psd IMG_1268.psd IMG_1271.psd IMG_1235.psd IMG_1222.psd IMG_1217.psd IMG_1254.psd