विराटनगर: सरोकारवालाहरुले क्वारेन्टाइन व्यवस्थित नभएको भनिरहदा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले भने प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टाईन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको दावी गरेका छन् ।

आज प्रेस संगठन मोरंगले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका र उठेका सवाल विषयक अन्र्तक्रिया कार्यक्रम मन्त्री कार्कीले यस्तो दाबी गरेका हुन् । ‘प्रदेश सरकारले जति क्वारेन्टाईन निर्माण गरेको छ, सवै व्यवस्थित छन्,’उनले भने । मन्त्री कार्कीले स्थानीय स्तरमा निर्माण गरिएका केही क्वारेन्टाईन व्यवस्थित नभएको गुनासो आएकाले मापदण्ड विपरीतका क्वारेन्टार्ईन बन्द गरिएको पनि बताए ।

कार्यक्रममा नेकपा मोरंगका अध्यक्ष ऋषिकेश पोखरेलले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको काम प्रभावकारी भएको बताए । अन्य प्रदेशको तुलनामा १ नं. प्रदेश सरकारले गरेको कार्य प्रभावकारी देखिएको उनले बताए । सरकारको हिसाव किताव खोज्ने यूवाले घरका अभिभावकको पनि हिसाव किताव खोजे देशमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने अध्यक्ष पोखरेलले बताए । नेपाली कांग्रेस मोरंगका सचिव मोदराज घिमिरेले कतिपय स्थानीय स्तरमा निर्माण गरिएको होल्डिङ एरिया व्यवस्थित नभएको बताए । अनुगमनका क्रममा पनि होल्डिङ एरिया व्यवस्थित नभएको पाईएको उनको भनाई थियो । कोरोनाका नाममा सरकारले भष्ट्राचार गरेको नेता घिमिरेको आरोप छ ।

mantrko

जनता समाजबादी पार्टी मोरंगका नेता राजकुमार यादवले पछिल्लो समय भारतबाट आउनेहरू बढेसँगै बनाईएका होल्डिङ एरिया व्यवस्थित नहुँदा सेन्टरमा राखिएकाहरु भाग्न थालेको बताए । नयाँ पुराना संक्रमित एकै ठाउँमा राख्ने गरेको कारण संक्रमण अझै फैलन सक्ने भन्दै उनले होल्डिङ एरिया व्यवस्थित गर्न माग गरे । युवा अभियानकर्मी दिपेश धिमालले क्वारेन्टाइन व्यवस्थित नभएको धारणा राखे । उनले युवाहरुले सरकारलाई निरन्तर खवरदारी गरिरहने बताए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीव शर्माले प्रदेश १ मा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म भएका काम प्रभावकारी भएको बताए । देशभर २१ स्थानमा पीसीआर परिक्षण हुने भएपनि सवैको पीसीआर गर्न सम्भव नभएको उनले बताए । ‘पीसीआर सवैको गर्न आवश्यक पनि छैन,’उनले भने ।