धरान: सडकबाट उद्दार गरेर धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएका सडक मानवहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

हातेमालो फाउण्डेशनको आयोजना तथा इन्ट्रा नेशनल अमेरिकन नेपाल फाउण्डेशनको सहयोगमा शनिबार लांघाली आवास गृहमा रहेका मानिसहरुको स्वास्थ्य परीक्षण गरिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न विभागका डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए । साथै, इन्ट्रा नेशनलको सहयोगमा उनीहरुलाई निःशुल्क औषधी पनि वितरण गरिएको हातेमालो फाउण्डेशनका महासचिव डा.प्रज्वल गजुरेलले जानकारी दिए ।

hatemalo6

महासचिव  गजुरेलका अनुसार स्वास्थ्य शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको बताए । हातेमालो फाउण्डेशन वीपी प्रतिष्ठानमा कार्यरत डाक्टर तथा धरानलाई माया गर्ने डाक्टरहरु मिलेर स्थापना गरिएको उनले बताए । यो संस्थाको उद्देश्य समुदाय तथा विरामी र डाक्टरहरुबीच पुलको काम गर्ने हो । बेला बेला डाक्टर र विरामीहरुबीच तनाव सृर्जना हुने गरेको कारण त्यस्तो अवस्था आउन नदिन हातेमालोले समुदायसँग सहकार्य गर्ने र सम्बन्ध राम्रो बनाउने महासचिव गजुरेलले बताए । ‘हातेमालो फाउण्डेशन वीपीकेआइएचएस धरान र धरानलाई माया गर्ने डाक्टरहरुको संस्था हो । १५, २० बर्षदेखि वीपीमा कार्यरत र धरानमा बसोबास गर्ने, धरानका डाक्टरहरु मिलेर शुरुवात भएको संस्था हो,’उनले भने,‘डाक्टर र विरामीहरुबीच बेला बेला तनाव हुन्छ, त्यसलाई न्युनीकरण गर्न पुलको काम गर्ने उद्देश्य हो ।’

स्वास्थ्य शिविर कार्यक्रमका संयोजक डा.रविन मास्केका अनुसार इन्ट्रा नेशनल अमेरिकन नेपाल फाउण्डेशनले सडक मानवहरुलाई १५ दिनको पौष्टिक खाना खुवाइरहेको छ । सोही क्रममा आफु लांघाली आवास गृहमा आउदा स्वास्थ्य परीक्षण गर्न आवश्यक देखिए पछि शिविर आयोजना गरिएको बताए । ‘इन्ट्रा नेशनल र हातेमालो मिलेर निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । सुगर जाँच, ब्लड प्रेसर पनि जाँच गछौं,’डा.मास्केले भने,‘सबै विभागका डाक्टरहरु छौं ।’

इन्ट्रा नेशनलसँग समन्वयकारी भुमिका खेलेका धरान ८ का जगत बुढाथोकीले संस्थाले १५ दिनको लागि खाना खुवाइरहेको जानकारी दिए । उनका अनुसार १५ दिनमा ४ पटक मासु खाना र पनिर पनि खुवाइनेछ । धरान उपमहानगरपालिकाले लकडाउनको बेला सडकमा वेवारिस रहेका मानिसहरुलाई कोभिड १९ को संक्रमण हुन नदिन उद्दार गरेर बैशाख १ गतेदेखि लांघाली आवास गृहमा राखेको हो ।

hatemalo2 hatemalo5 hatemalo4 halemalo hatemalo3