धरान: धरान १७ रत्न चौक निवासी गीता सेनिहाङ लिम्वुले सामाजिक कार्य गर्नमा रुचि मात्र राख्दिनन्, आफ्नो रुचिलाई व्यवहारमा नै उतार्ने पनि गर्छिन् । उनले हिजो आफ्नो ४१ औं जन्मदिन त्यसैगरि मनाइन् ।

विहान धरानभित्रका एचआइभी संक्रमित तथा प्रभावित बालवालिकाका १० जना परिवारलाई खाद्यान्न वितरण गरिन् भने साँझ धरान छाताचोकस्थत पुर्नस्थापना गृहमा आश्रितहरुलाई खाना खुवाइन् । एचआइभी प्रभावित वालवालिकाहरुको घरमा नै गएर खाद्यान्न प्रदान गरेकी थिइन् । साँझ भने पुनस्थापना गृहमा आश्रितहरुसंगै केक काटेर जन्मदिन मनाइन् । साथै, उनीहरुलाई खाना पनि खुवाइन्।

धरान पोजिटिभ समुहको सिफारिसमा संक्रमित तथा प्रभावित वालवालिकालाई खाद्यान्न प्रदान गरिएको हो । समुहमा हाल सुनसरीका ३२ जना एचआइभि प्रभावित वालवालिका सम्पर्कमा रहेको धरान पोजिटिभ समुहका अध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष खगेन्द्र खड्काले जानकारी दिए । कतिपय संक्रमित तथा प्रभावित वालवालिकाको परिवार खुल्न नचाहने हुनाले यकिन तथ्याङक भने आउन नसकेको खड्का बताउछन् ।

IMG_1276.psd

गीता हङकङमा कार्यरत छिन् । उनी र दिदी अनिता पनि लकडाउनको कारण हङकङ फिर्न पाएका छैनन् । नेपाल भएको वेला आफ्नो हरेक जन्मदिनमा सामाजिक कार्य गर्दै आइरहेको गीताले बताइन् । हङकङमा हुदा कार्यव्यस्तताले यस्तो अवसर जुट्दैन तर नेपालमा हुँदा भने उनी सामाजिक काम गर्न छुटाउदिनन् । लकडाउनको कारण प्रायः दैनिक रोजगारी गरेर गुजारा गर्नेहरुलाई समस्या परेको हुनाले यो वेला हुनेहरुले सक्दो सहयोग गर्नुपर्ने उनी बताउँछिन् ।

गीताको जन्मदिन मनाउन साथ दिन अग्रज पत्रकार तथा लेखक जनकऋषि राई, धरान उपमहानगरपालिका पर्यटन वोर्ड सहसंयोजक किशोर थुलुङ्ग, महिला संजाल धरानकी अध्यक्ष सविता राई, संचारकर्मी स्वरुपा थापा मगर, जोन चियरपर्सन लायन्स कविता लिम्वु, पुर्व बास्केटवल खेलाडी संजय सुनुवार लगायतको उपस्थिति रहेको थियो ।

IMG_1386.psd

उनले चार वर्ष अघि पनि जन्मदिनमा धनकुटाको मुलघाटस्थित विश्रान्ती आश्रममा खाना खुवाउन र खाद्यान्न वितरण गर्न पुगेको स्मरण गरिन् । गत साल साथीहरुसँग तिहारमा देउसी खेलेर उठेको रकमले धरान १७ स्थित सम्यक शिक्षा समुहका विद्यार्थीहरुलाई एक वर्षसम्मको लागि एक लाख रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरिएको पनि उनले बताइन् ।

IMG_1378.psd IMG_1374.psd IMG_1358.psdIMG_1360.psd IMG_1401.psd