विराटनगरः गत वैशाखमा प्रदेश एक क्यावीनेटले प्रदेशका दुइ क्यान्सरपीडित व्यक्तिलाई आर्थिक सहयोगको घोषणा गर्यो । जसमा सोलुखुम्बु स्थित खुम्बुु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जे शेर्पा र विराटनगरका पत्रकार कमल पौडेल थिए ।
पौडेल क्यान्सर जीतेर घरफर्के पनि शेर्पालाई भने क्यान्सरले जीत्यो । ३९ वर्षको उमेरमा निधन भएका शेर्पालाई प्रदेश एक सरकारले डेढ महिला अघि ५ लाख रकम उपलब्ध गराएको थियो । उपचारका लागि काठमाण्डाै र भारतका अस्पतालमा पुर्याइएपनि स्वास्थ्य सुधार हुने नदेखिएपछि चिकित्सकले घर जान सल्लाह दिएका थिए । उनि केहि समय देखि गाउँमै रहेकाे उपाध्यक्ष टसील्हामु शेर्पाले जानकारी दिए । उनैले गाउँँपालिकाकाे जिम्मेवारी पाइसकेका थिए ।