सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका ३ का २३ बर्षीय शुशिल मेहेताको घरबाट लडेर मृत्यु भएको छ ।
बुधवार अपरान्ह साँढे ५ बजेको समयमा बराहक्षेत्र नगरपालिका ८ चौफालामा फुल कुमारी चौधरिको घरमा टिनको छाना लगाउने क्रममा अचानक छानाबाट लडेर मेहता घाईते भएका थिए । उनको उपचारको क्रममा बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा साँझ साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।