धरान: धरान १९ स्थित गैरीगाउँ युवा समाजको संयोजनमा आज १ सय ५ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

राहत पाउने विपन्न परिवार पनि धरान १९ का नै हुन् । समाजको संयोजनमा विभिन्न मुलुकमा रहेका नेपालीहरुको सहयोगमा राहत विरतण भएको समाजका सल्लाहकार युवा युनेश मगरले जानकारी दिए । युवाहरुले राहत विरण गर्दा पनि मात्र एउटा फोटो खिचेका छन् । युनेशका अनुसार सामाजिक कार्य भएकोले एउटा मात्र फोटो खिचएको हो ।

संस्थाका अध्यक्ष गौतम लिम्बुका अनुसार धरान–१९ को आनन्द मार्गमा २५ परिवार, गैरी टोलका ३६ परिवार, दीपेन्द्र मार्गका ८ परिवारलाई राहत वितरण गरिएको छ भने भिक्टोरिया चोकका ५ परिवार, सयपत्री मार्गका ११ परिवार, गैरी गाउँका १० परिवार, सुनाम टोलका १० परिवारलाई राहत विरतण गरिएको छ । प्रत्येक परिवारलाई १० केजी चामल र ५ सय बराबरको नुन–तेल दिइएको अध्यक्ष लिम्बुले जानकारी दिए ।

को को हुन् सहयोगी दाता ?

संस्थाका अनुसार राहत विरणको लागि कोरियाबाट खगेन लिम्बूले ५ हजार, गणेश तामाङले १० हजार, समिर तामाङले ५ हजार, इन्द्र राईले ५ हजार सहयोग गरेका छन् । यसैगरी, हङकङबाट शेरमान लिम्बूले १७ हजार २ सय २७, शशी राईले १० हजार, अशेष राईले २ हजार सहयोग गरेका छन् ।

युकेबाट (२ जिआर) सुनिलको टिमले १५ हजार, भीमराज राईले १० हजार, एफसी फुर्वा ५ हजार, परेहा प्रोडक्सन युकेबाट १५ हजार सहयोग गरेका छन् भने सुशिल केसी अष्ट्रेलियाबाट ५ हजार, जगतमान राई धरान–१९ बाट १० हजार, सपना राई धरान–१९ बाट १५ हजार, अन्जना भुजेल युकेबाट ५ हजार, अम्विका राई सपरिवार, यामप्रसाद लिम्बु तथा अनुग्रह मण्डली युकेबाट ४० हजार सहयोग प्राप्त भएको समाजले जनाएको छ ।