धरान: लकडाउनको कारण समस्यामा परेका धरान १५ न. वडाका अति विपन्न परिवारलाई शनिवार राहत प्रदान गरिएको छ ।

धरान १५ न. वडाका सुनगाभा टोल विकास समिति सदस्य कल्पना सुव्वा र ध्र्रुवज्योति पथ निवासि सरिता सुव्वा , नरेन्द्र थेवे र डा. रमेश इजम द्धारा व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर २ लाख ५२ हजार ५ सय रुपैया राहत प्रदान गरेका हुन । अरुवेला राहत स्वरुप खाद्यान्न सामग्री प्रदान गर्दै आइरहेको भए पनि शनिवार भने नगद नै प्रदान गरिएको थियो । १५ न. वडा कार्यलयले सिफारिस गरेको वडाका १ सय १ परिवारलाई जनहि नगद २ हजार ५ सय रुपैयाको दरले राहत वितरण गरिएको छ ।

व्यक्तिगत रुपमा वहाहरुले गरेको सहयोग वडाको सवै भन्दा ठुलो सहयोग रहेको भन्दै वडाध्यक्ष नेरश इवारमले सहयोग दाताहरुलाई धन्यवाद दिएका थिए । हामिले समस्यामा परेकोहरुलाई सके अनुसार सहयोग गरि मानविय कार्य गरेको टोल विकास समिति सदस्य कल्पना सुव्वाले वताए । कोरोना भाइरसको कारण देश संकटमा परेको वेला एकअर्कामा दोष औलाउने भन्दा पनि एकअर्कामा सहयोग गर्नु पर्ने सुव्वाले बताइन् । राहत वितरण कार्यक्रममा नेकपा धरान उपमहानगरपालिका कमिटी इन्चार्ज फोक्वाहाङ सुव्वा (चोत्लुङ) सुनगाभा टोल विकास समिति सदस्य दिपनारायण श्रेष्ठ, मालती थेवे लगायतको उपस्थिति रहेको थियो ।