धरानः सँखुवासभामा पहिरो गई अरुण नदी आंशिक रुपमा थुनिएपछि त्यसले पार्ने प्रभावको आंकलन गर्दै धनकुटा जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन सुुचना जारी गरेको छ ।

प्रमुख जिलला अधिकारी केशव प्रसाद विमलीले सँखुवासभाको मकालु गाउँपालिका २ र ५ को सीमानामा कास्वा र अरुण मिसिने खोभानमा पहिरो गइ नदीमा आंशिक क्षती भएको जानकारी आएको हुँदा धनकुटाका ४ पालिकाका नदी क्षेत्रका वासिन्दालाई सतर्क रहन भनेका छन् । उनले महालक्ष्मि नगरपालिका, पाख्रिवास नगरपालिका, सहिदभुमी गाउँपालिका र साँगुरीगढाी गाउँपालिका नदी तटीय  क्षेत्रमा विपत आउने सक्ने भन्दै जोगिन आग्रह गरिएको जानकारी दिए ।

‘अरुण नदीको केहि भाग थुनिएको भन्ने जानकारी सँखुवासभाबाट आएको छ ।’ उनले क्लिक धरानलाइ भने ‘यसले कोसी नदी किनारका वासिन्दालाई जोखिम हुने भएको हुँदा सतर्कताका लागि जानकारी गराएका हौँ ।’

सात नदी मिसिएर बनेको सप्तकोशी नदीको अरुण सबैभन्दा ठुलो नदी हो ।
बिहान ९ बजे गएकाे पहिराेका कारण थुनिएकाे खाेला खुलाउन नेपाल प्रहरी र सेनाकाे टाेली परिचालन गरिएकाे छ ।
dhankuta-notice