विराटनगरः संसदमा पछिल्लो समय उठेका विषय र कोभिड १९ रोकथाम तथा व्यवस्थापनको बिषयमा मुख्यमन्त्रीको जवाफ मागेको कांग्रेसले प्रदेश एक संसद निरन्तर अवरूद्द गरेपछि बैठक स्थगित गरिएको छ ।
आज बसेका सदनको दुबै बैठकमा कांग्रेस सांसदहरुले कुर्सीबाट उठेर बिरोध जनाएका थिए । पहिलो बैठक अवरूद्द गरेपनि बोल्न समय दिएका सभामुख प्रदीपकुमार भण्डारीले पुनः १० मिनेटको समय माग गर्दै बैठक स्थगित गरेका थिए । तर, दोस्रो बैठकमा पनि कांग्रेसले उसै गरि उठेर विरोध जनाएपछि भोली मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगति गरिएको सभामुख भण्डारीले जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले मुख्य तीन माग राखेको छ । कांग्रेसको पहिलो माग प्रदेशको नामकरण यही वर्षे अधिवेशनबाट गरिनुपर्ने छ भने दोस्रो माग कोरोना जोखिम र न्युनिकरणामा भएको अवस्थाका बारे र सो विषयमा संसदमा माननीयहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने छ । यस्तै, संघीय सरकारको हेपाहा प्रवृतीको बिषयमा पनि प्रदेशका जनतालाइ मुख्यमन्त्रीले विश्वस्त पार्नुपर्ने माग रहेको छ ।
कांग्रेसले मुख्यमन्त्री शेरधन रार्इले प्रदेशको नाम राख्ने सवालमा आलटाल गरेको आरोप लगाएको छ । प्रमुख सचेतक केदार कार्कीले कहिले सहमतिको नाममा तथ कहिले विभिन्न बिषय निकालेर नामकरणबारे आलटाल भएको उनको बुझाइ छ । 'अब हामी त्यसै चुप लाग्नेवाला छैनौँ,' कार्कीले भने,'अब उधारोमा होइन, काँग्रेसले नगदमै कारोवार गर्न खोजेको छ ।'