धरान: आफ्ना स्वर्गीय अभिभावक तथा दाजु भाउजुको स्मृतिमा हाल हङकङ निवासी श्रीप्रसाद हुक्पा चोङबाङ र श्रीमति कला हुक्पा चोङबाङले धरानको छाताचोकस्थित पुर्नस्थापना गृहमा खाना खुवाएका छन् ।

उनीहरुले पुर्नस्थापना गृहमा आश्रित रहेका मानिसहरुलाई खाना खुवाएका हुन् । आफ्नो स्वर्गीय बुबा शेरबहादुर हुक्पा चोङबाङ, हर्कमाया साम्बा(हुक्पा चोङबाङ) तथा दाजु अमृत हुक्पा चोङबाङ र भाउजु भिमकुमारी हुक्पा चोङबाङको स्मृतिमा खाना वितरण गरिएको हो । गृहमा बालबालिका, अशक्त, वृद्धवृद्धाहरु रहदै आएका छन् । सञ्चालक भिम राईका अनुसार विभिन्न दाताहरुको सहयोगबाट नै गृह सञ्चालनमा रहेको छ ।

khana2 khana1