धरान: ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदीले बगाएर ३ जना बेपत्ता भएका छन् ।

हिजो सोमबार दिउँसो २ बजे घरबाट टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर तमोर नदीमा पुर्याएको थियो । उनी तमोरमा बेपत्ता भएको र उनको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसैगरी, सोमवार दिउँसो ३ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका ५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई पनि तमोर नदीले बगाउँदा बेपत्ता भएका छन् । पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरुले हो हल्ला गरेपछी स्थानीयवासीहरुले खोजतलास गर्दा फेला नपरे ईलाका प्रहरी आठराईमा जानकारी गराएको उक्त कार्यालयले जनाएको छ।