धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरपालिका कमिटिले स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

संगठनको ४१ औ स्थापना दिवसको अवसरमा भानुचोकमा आयोजित रक्तदानमा एक सय १३ पिन्ट रगत संकलन भएको छ । संगठनले दिउसो १५ जना मजदुरहरुलाई राहत सामग्री पनि वितरण गरेको जनाएको छ । लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको अध्यक्ष कमल भट्टराईले जानकारी दिए । उनका अनुसार राहतमा १० केजी चामल, नुन, तेल र दाल वितरण गरिएको थियो । संगठनले धरानमा स्थापना दिवसको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

रक्तदान कार्यक्रममा संगठनका केन्द्रिय सदस्य लक्ष्मी बाँनिया, नेकपा धरान उपमहानगर कमिटि इन्चार्ज फोक्वाहाङ सुव्वा चोत्लुङ, जिल्ला कमिटि सदस्य प्रकाश राई, नगर सचिवालय सदस्य पारस काङवाङ, राजमणी निरौला, धरान उपमहनगनरपालिका पर्यटन वोर्ड सहसंयोजक किशोर थुलुङ्ग, मजदुर संगठन प्रदेश १ उपाध्यक्ष रविन अधिकारी लगायतको उपस्थिति रहेको थियो । कमिटिले लकडाउनका कारण समस्यामा परेका करिव १ हजार २ सय मजदुरहरुलाई राहत प्रदान गरिसकेको जनाएको छ ।20200623_100300.psd