धरान: धरानको वडा नं २० विष्णुपादुकास्थित एक्लेवर चौतारा नजिकै टेम्पोमा गाँजा र जंगल पशु तथा पंक्षीको सिंग, छाला, प्वाँख लगायत वस्तुसहित तीन जना पक्राउ परेका छन् ।

उनीहरुलाई हिजो साँझ करिब ६ बजेरित विष्णुपादुकाबाट धरान जाने सडकखण्डमा चाँदी बजारबाट धरानतर्फ पक्राउ गरिएको प्रहरीको भनाई छ । ईलाका प्रहरी कार्यालय धरान अनुसार पक्राउ पर्नेहरुमा को २ ह ५४४७ नम्बरको टेम्पो चालक धरान ११ सिमाना चोकका २९ बर्षीय नन्दीमान राई, १९ बर्षीय दिनेश भन्ने सविन राई र २० बर्षीय सागर राई रहेका छन् । नन्दीमान र सविनकोस्थायी घर धनकुटाको सहिदभुमी गाउँपालिका १ छिन्ताङ हो भने सागरको ठेगाना उदयपुरको कटारी नगरपालिका २ ताप्ली हो ।

प्रहरीका अनुसार टेम्पो रोकेर चेकजाँच गर्दा यात्रु बस्ने सिट मुनि सेतो प्लाष्टिकमा प्याक गरेर राखेको अवस्थामा २ पोका २४५ ग्रामको गाँजा फेला परेको थियो । यस्तै, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखि सानो र ठुलो गरी १८ वटा भेटिएको छ भने जंगली जनवार घोरलको सिंग जस्तो देखिने स साना सिंग ४ वटा पनि वरामद भएको प्रहरीले जनाएको छ ।

janawarko

यस्तै, कस्तुरीको सिंग जस्तो देखिने छालासहित २ वटा सिंग पन वरामद भएको छ । उनीहरुलाई लागुऔषध र जंगली जनवारको सिंग, पंक्षीको प्वाख ओसारपसार गर्ने टेम्पोसहित तीन जनलाई लागुऔषध मुद्दामा अदालतबाट म्याद थप गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । यस्तै, जंगली जनवारको सिंग, पंक्षीको प्वाँखको बिषयमा आवश्यक कारबाहीको लागि सेक्टर वन कार्यालय पाँचकन्या धरानमा पत्र र कागजात बुझाएको पनि प्रहरीले जनाएको छ ।