मोरङ: मोरङको बिराटनगर महानगरपालिका १८ आइसिपि भवन अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डल हिजो दिउँसो साढे ४ बजे पानी जमेको खाल्डोमा डुबेका थिए । छिमेकीहरुले बच्चा डुबिरहेको देखे पछि तत्काल उद्दार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको थियो, तर अस्पताल पुर्याउनासाथ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।