झापा: झापा शिवसताक्षी नगरपालिका ८ काभ्रे चोकमा ३ बर्षीय एक नाबालकको कुलोको पानीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको हो । हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर नाबालक वेहोस भएका थिए । उनलाई उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।