धरान: धरानको छाताचोक नजिकै कोठामा झुण्डिएर एक युवतीले आत्महत्या गरेकी छिन् ।
वडा नं २ मा डेरामा बुबा आमासँग रहदै आएकी २० बर्षीय रुपल चौधरीले कोठामा सलले पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार खाना खाइसकेर टिभि कोठामा गएकी रुपल कोठाको सिलिङमा झुण्डिएको अवस्थामा आमाले देखेकी थिइन् । लगत्तै आमा र बुबा भएर उनको पासो खोल्दा मृत्यु भइसकेको अवस्थामा भेटिएको ओलीले बताए ।
मृतकको शरीरमा चोटपटक केही पनि नभेटिएको र पोष्ट मार्टमको लागि वीपी प्रतिष्ठान लगिएको प्रहरी निरीक्षक ओलीले बताए । मृतक पब्लिक हाईस्कुलमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् । पछिल्लो समय लकडाउनको बेला धरानलगायत देशभर आत्महत्याको संख्या वृद्धि भइरहेको छ।