धरान: धरान उपमहानगरपालिका र संसद क्षेत्र बिकास कोषको आर्थिक सहयोगमा सूचनाको हकको लागि राष्ट्रिय संजाल सुनसरी शाखाले जनप्रतिनिधि र युवाहरूलाई सूचनाको हकको बारेमा अन्तर्कृया र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जनप्रतिनिधिहरुलाई उद्योग बाणिज्य संघको बैठक हलमा आन्तरक्रिया गरिएको थियो, जसमा कार्यपालिका सदस्य र वडा सदस्यको उपस्थिति रहेको थियो । यस्तै, सामाजिक युवा संस्थाको समेत उपस्थिति रहेको थियोे । कार्यक्रममा वडाअध्यक्ष, महाशाखा प्रमुखहरुलाई समेत बोलाईएको भए पनि उपस्थिति नभएको आयोजकले जनाएको छ ।

कार्यक्रमको सहजीकरण सूचनाका हकका राष्ट्रिय संजालका केन्द्रिय सदस्य तथा प्रदेश एकका सदस्य सचिव राजु श्रेष्ठले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका पुर्व सभापति तथा अग्रज सुचना अधिकारकर्मि तारानाथ दाहाल र राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले समेत भर्चुअल छलफल मार्फत सुचनाको हक र जनप्रतिनिधिको भुमिकाको बारेमा कार्यक्रममा जानकारी दिईएको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले कार्यक्रमबाट धेरै ज्ञान हासिल भएको प्रतिक्रिया दिए । उनीहरुले स्थानीय तहले नै यस्तै कार्यक्रम गर्नुपर्ने पनि धारणा व्यक्त गरे । उक्त कार्यक्रमको संयोजन सूचनाका हकको लागि राष्ट्रिय संजालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक बिष्णु चौलागाईंले गरेका थिए ।

यसैगरि, शुक्रबार बिहानबाट कृषि बजार ब्यवस्थापन समितिको सभाहलमा विद्यार्थी र युवाहरूलाई सुचनाको हकको ब्यवहारिक प्रयोग, यसको आवश्यकता र महत्वको बारेमा प्रशिक्षण दिइएको थियो । यो प्रशिक्षण वडा नं १३ र संसद बिकास कोषको सहयोगमा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण सूचनाको हकका केन्द्रिय सदस्य एवं जिल्ला संयोजक बिष्णु चौलागाईं र प्रदेश सदस्य आशिषराज यादवले गरेका थिए ।

कार्यक्रममा २५ जना युवाहरु सहभागी थिए । समापन कार्यक्रममा प्रदेश एकका माननीय सभामुख प्रदीपकुमार भण्डारी प्रमुख अतिथिको रुपमा थिए । सभामुख भण्डारीले कार्यक्रमले जागरुक र जिम्मेवार नागरिक बनाउन मद्दत पुग्ने बताए । यस्तै, संबैधानिक अधिकारको उच्चतम प्रयोग हुने भएकोले सशक्तिकरण गर्ने पनि बताए ।