सुनसरी: ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाईल सेट फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भनेर बिभिन्न ब्यक्तिहरुले निवेदन दिए पछि खोजतलास गरेर ४५ थान मोवाइल फिर्ता गरेको प्रहरीले जनाएको छ । पछिल्लो एक महिनामा मात्र करिव १० लाख ३८ हजार एक सय मुल्य बराबरको मोवाइल सेट सम्बन्धित व्यक्तिहरुलाई फिर्ता गरेको इटहरी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडिआर शाखा स्थापना गरिएको छ । यो शाखा स्थापना भएपछि हालसम्म बिभिन्न ब्राण्डका करिब ५५ लाख ८६ हजार ५ सय २० रुपैया बराबरको २३१ थान मोवाईल फेला पारेर बुझाएको पनि ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।