धरान: छुरा प्रहार गरेर फरार भएका धरानका एक युवा दुई महिना पछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान १५ का १८ बर्षीय निश्चल लिम्बु रहेका छन् । उनले गत बैशाख ५ गते शुक्रबार राती करिब ९ बजेर ४५ मिनेटमा धरान १५ नयाँ सडकका १८ बर्षीय केशव राईर्ला छुरा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । प्रहरीका अनुसार आफ्नै घर अगाडि बसिरहेका केशवसँग निश्चलले विवाद गरेर छुरा प्रहार गरेका थिए । उनले केशवको पेटलगायत शरीरको विभिन्न भागमा प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।

फरार भएका निश्चललाई शुक्रबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनलाई जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा आज अनुसन्धानको लागि म्याद थप भएको पनि प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएके छुरा सोही दिन प्रहरीले वरामद गरेको थियो भने घाइते केशवको अवस्था सुधारउन्मुख रहेको पनि प्रहरीले जनाएको छ ।