धरान: लायन्स धरान इस्ट र लायन्स धरान घोपा युनाइटेडको संयुक्त आयोजनामा धरानको देबि गाउँस्थित कुलुङ वनमा वृक्षारोपण गरिएको छ ।

‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने मूल नाराका साथ बुधबार आँप, कटहर, जामुनलगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो। सिनियर एडभाइजर लायन मिना पुलामी, एम्बेसडर अफ गभरनर लायन आभा सुवाल, रिजन चेयरपर्सन लायन निरज गुरुङ, जोन चेयरपेर्सन लायन कबिता लिम्बू, लायन्स क्लब अफ बिजयपुर युनाइटेडका अध्यक्ष लायन गणेश गुरुङ, लायन्स क्लब अफ धरान इस्टका अध्यक्ष लायन राजिव दाहाल, लायन्स धरान घोपा युनाइटेडका संस्थापक अध्यक्ष लायन शुभम कुमार अग्रवाललगायतको उपस्थितिमा वृक्षारोपण भएको थियो ।

युनाइटेडका संस्थापक अध्यक्ष लायन शुभम कुमार अग्रवालका अनुसार एक नेपाली एक फलफुलको विरुवा भन्ने नेपाल सरकारको अभियानमा साथ दिदै वृक्षारोपण गरिएको हो । सामाजिक जिम्मेवारीलाई पुरा गर्नको लागि पनि वृक्षारोपण कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो । लायन्स क्लब अफ धरान इष्टका अध्यक्ष राजिव दाहालले वातावरण र स्वास्थ्यलाई लाभ पुग्ने साथै यो गतिविधिले पर्यटनमा पनि टेवा पुग्ने बताए ।