धरान: लायन्स क्लव अफ विजयपुर र लायन्स क्लव अफ धरान जुम्वाको जुलाई एक देखि नया कार्यकाल सुरु भएको छ ।
लायन्स क्लव विजयपुरमा अध्यक्षको रुपमा कविरभगत प्रधानाङ्ग र धरान जुम्वामा कृति श्रेष्ठले आप्mनो नया कार्यकाल सुरु गरेका हुन् । कविर भगत र कृति श्रेष्ठ श्रीमान श्रीमति हुन । यससंगै क्लवले स्थापना भएको एक सय ३ वर्ष पुरा गरेर एक सय ४ वर्षमा प्रवेश गरेको छ । क्लवले नया कार्यकालको सुरुवात भएको र क्लव एक सय ४ वर्षमा पुरा गरेको अवसरमा बिहान डिपो स्कुलको फ्रुट्स गार्डनमा विभिन्न थरिका एक सय ४ वटा फलफुलका विरुवा रोपेका थिए ।
यस्तै, क्लवले धरान ५ देउरालीस्थित वेलकम चौकका चन्द्रकला श्रेष्ठका परिवारलाई राहत समेत प्रदान गरेका छन् । पक्षघातका कारण प्यारालाइसिस भएका श्रेष्ठका श्रीमान यहि असार ८ गते निमोनियका कारण मृत्यु भएका थिए । परिवारमा चार छोरी र एक छोरा रहेका श्रेष्ठको परिवार गिटी कुटेर गुजारा गरिरहेका छन् । लकडाउनका कारण काम गर्न नपाएर श्रेष्ठको परिवार थप समस्यामा परेको थाहा पाएपछि क्लवले सहयोग गरेको धरान जुम्वाका अध्यक्ष कृति श्रेष्ठले जानकारी दिइन् ।
राहत स्वरुप क्लवले ५० केजी चामल, २० केजी आलु, ५ केजी दाल, ५ केजी मटर, ५ केजी चिनी, १ कार्टुन तेल, २ केजी न्युटेला, २ दर्जन सावुन, नुन र वेसार सहयोग गरेका छन् । यसै गरि क्लवको संयोजनमा लायन्स अन्जु गुरुङ्गका छोरी विजेता गुरुङ्गले आफ्नो १६ औ जन्मदिन छाताचौक स्थित पुनस्थापना गुहका वालवालिकाहरु संग केक काटेर मनाएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा गृहमा आश्रित सम्पुर्णलाई विहानको खाना समेत खुवाएका थिए । ड्रिस्टीक चिफ टे्रनिङ्ग पुल लायन्स धिरज गुरुङ्ग पिएमजेएफ ३२५को प्रमुख आतिथ्मा संपन्न कार्यक्रममा स्पेसल एड्भाइजर लायन्स गौरिसंकल अग्रवाल, डिस्ट्रीक एड्भाइजर वलराम मानन्धर, टिम एरिया लिडर रेखा गुरुङ्ग, लायन्स विजयपुरका पुर्व अध्यक्ष सुजता श्रेष्ठ, सामाजिक अभियन्ता महेश श्रेष्ठ लगायतको उपस्थिति रहेका थियो ।