मोरङ: मोरङको बिराटनगर महानगरपालिका १५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
बिहिवार राती साँढे ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाईते भएका स्कुटर चालक बिराटनगर १६ का २३ बर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा राती साँढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यस्तै, बेलवारी नगरपालिका ९ घर भई बिराटनगर १९ मा बस्दै आएका २५ बर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार राती साँढे १० बजे सुत्नको लागी झुल लगाउने क्रममा अचानक करेन्ट लागेर चौधरी घाईते भएका थिए । उनको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।